झापामा एकैदिन १० जनामा कोरोना पुष्टि

Newslaya Home

झापामा एकैदिन १० जनामा कोरोना पुष्टि

बुधबार १०, असार २०७७

झापा । झापाको मेचीनगर नगरपालिकामा एकैदिन १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार भारतलगायत अन्य देशबाट आएका क्वारेन्टिनमा रहेका १० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जनाए ।