सिपिएल ड्राफ्टः सन्दीपको मूल्य करोड

Newslaya Home

सिपिएल ड्राफ्टः सन्दीपको मूल्य करोड

बुधबार १०, असार २०७७

काठमाण्डौ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सन् २०२० सिजनका लागि खेलाडी ड्राफ्ट बुधबार(आज) हुने कार्यक्रम रहेको छ । कोरोनाका कारण हुने भर्चुअल ड्राफ्टमा ५ सय ३७ खेलाडी सहभागी हुनेछन् ।

सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । केहि टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् । सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो ।

इएसपीएनक्रिकिन्फोका अनुसार अष्ट्रेलियाका क्रिस लिनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सले अनुबन्ध गरेको छ । अफगानिस्तानका रशिद खान र काइस अहमदले क्रमशः बार्बाडोस ट्राइडेन्ट्स र गुयाना एमेजन वारियर्सबाट खेल्ने छन् । दक्षिण अफ्रिकी राइली रुसोले सेन्ट लुसिया जुक्सको जर्सीमा उत्रनेछन् ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो नाम ९० हजार अमेरिकी डलरको (१ करोड ८ लाख नेपाली रुपैयाँ्र) सुचिमा राखेका छन् । उनीसँगै यस रकम सुचिमा दक्षिण अफ्रीकाका फाफ डु प्लेसिस र डेविड मिलर, अष्ट्रेलियाका डार्सी सर्ट तथा अफगानिस्तानका मोहमद नाबी र मुजिब उर रहमान रहेका छन् ।