रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

Newslaya Home

रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

बुधबार १०, असार २०७७

काठमाडौं । रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाइ १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो ।

जितसँगै बार्सिलोनाले रियलसँगको दूरी ३ अंकले बनाएको छ । बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ६५ अंक छ । रियलले बुधबार घरेलु मैदानमा मालोर्काविरुद्ध जित हात पारे शीर्ष स्थानमा उक्लनेछ ।

३१ खेल खेलेको बिल्बाओ ४२ अंकमा दशौं स्थानमा छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका इभान राकिटिचले ७१औं मिनेटमा गोल गर्दै टोलीलाइ सुरुवाती अग्रता दिलाएका थिए ।

गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिडले लेभान्तेलाइ १–० ले पराजित गर्दा गेटाफे र रियल भल्लडोलिडले १–१ को बराबरी गर्दै अंक बाँडेका छन् ।