रामदेवले बनाएको कोरोनाको औषधीमाथि लाग्यो प्रतिबन्ध

Newslaya Home

रामदेवले बनाएको कोरोनाको औषधीमाथि लाग्यो प्रतिबन्ध

मङ्गलबार ०९, असार २०७७

काठमाडौं । बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोनाको औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो ।

मन्त्रालयले कम्पनीलाई औषधीको विज्ञापन तत्कालका रोक्न आग्रह गर्दै यो औषधीमाथि राम्रोसँग अध्ययन भइनसके जनाएको छ । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ ।