क्रिकेट खेलाडीलाई कोरोना संक्रमण

Newslaya Home

क्रिकेट खेलाडीलाई कोरोना संक्रमण

मङ्गलबार ०९, असार २०७७

काठमाडौं । क्रिकेट खेलाडीहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । हालै पाकिस्तानका तीन खेलाडीमा संक्रमण देखिएको हो । पाकिस्तान क्रिकेट बोर्डले हैदर अली, शादब खान र हरिस राउफलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

उनीहरु सेल्फ आइसोलेसनमा रहेको बताइएको छ । इंग्ल्यान्ड भ्रमण अघि गरिएको परिक्षणमा तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी–२० सिरिज खेल्नेछ । खेल जुलाई ३० मा सुरु हुनेछ ।

पाकिस्तानका पूर्व अलराउन्डर शाहिद अफ्रिदीलाई पनि कोरोना देखिएको थियो ।

यस्तै, दक्षिण अफ्रिकाका क्रिकेट खेलाडीहरु पनि कोरोना संक्रमण देखिएको छ ।

सोमबार आफ्नो मातहतमा रहेका कर्मचारी र खेलाडीहरु गरि ७ जनामा कोरोना देखिएको दक्षिण अफ्रिकाले जनाएको हो । तर नाम भने खुलाएको छैन ।