गजल

Newslaya Home

गजल

- एसबीअनुरागी
सोमबार ०८, असार २०७७

बाछिटाले भिज्दा ज्यान छाता दोषी हुन्न कहिल्यै ।
रक्षक हुन्छ पुस्तकको गाता दोषी हुन्न कहिल्यै ।

सन्तान सप्रे बाबुको रे, बिग्रे आमा भन्छ समाज,
गर्भ बोक्ने जननी माता दोषी हुन्न कहिल्यै ।

मेहनत गरे भाग्यले ठग्दै ठग्दैन कसैलाइ नि,
जस्तो कर्म तेस्तै फल बिधाता दोषी हुन्न कहिल्यै ।

अर्बौं रुपैयाँ गायब छ कर पसिना जनताको,
लेखापालक हुन्छ दोषी खाता दोषी हुन्न कहिल्यै ।

बलात्कृत हुन्छे बुहारी ससुराबाट हाम्रै छिमेकमा,
दोषी हुन्छ बलत्कारि नाता दोषी हुन्न कहिल्यै ।।