राजस्थानको सन्चोरमा आकाशबाट उल्का पिण्ड प्रकारको वस्तु खसेपछि....

Newslaya Home

राजस्थानको सन्चोरमा आकाशबाट उल्का पिण्ड प्रकारको वस्तु खसेपछि....

सोमबार ०८, असार २०७७

काठमाण्डौ । राजस्थानको सन्चोर शहरमा आकाशबाट उल्का पिण्ड जस्तै प्रकारको वस्तु खसेको छ । शुक्रबार विहान सन्चोर शहरमा उक्त वस्तु आकाशबाट खसेको हो । वस्तुको तौल करिब २.८ ग्राम रहेको छ ।

वस्तु जमिनबाट एक फिट मुनी रहेको अवस्थामा फेला परेको छ । शुक्रबार आकाशबाट वस्तु खस्ने क्रममा विस्फोटक आवाज आएको स्थानियहरुले बताएका छन् । आवजको दूई किलोमिटर सम्म सुनिएको जानकारी स्थानियले गराएको छ ।