मास्क लगाउँदा चस्मामा पुग्ने बाफबाट कसरी बच्ने ?

चस्मा लगाउने व्यक्तिलाई मास्क लगाउन निकै गाह्रो हुन्छ । मास्क लगाउँदा चस्मामा बाफ आउने गर्छ जसले गर्दा हेर्न पनि अफ्ठेरो हुन्छ । कारोनाको कहरका बेला मास्क पनि लगाउनै पर्यो चस्मा पनि नलगाई भएन । तर चिन्ता नगर्नूस्, मास्क र चस्मा एकै पटक लगाउँदा पनि बाफले नछेक्ने सजिलो उपाय छ ।
चारवटा सामान्य काम गरे मास्कको माथिल्लो भागबाट नाकको बाफ चस्मामा पुगेर दृष्टीलाई अवरोध गर्दैन ।
१. कुनै टिस्यु वा न्याप्किन मास्कको चौडाइअनुसार फोल्ड गर्ने
२. फोल्ड गरेको टिस्युलाई, मास्कको माथिल्लो भागसम्म मिलाएर राख्ने
३. टिस्यु पेपरसहित मास्कलाई टम्म, आँखा नघोच्ने गरी मिलाएर लगाउने
४. बाफ आए नआएको चेक गर्ने र आवश्यकताअनुसार नोज गार्डलाई मिलाउने