बराहक्षेत्रमा थप दुई जनामा कोरोना संक्रमण

Newslaya Home

बराहक्षेत्रमा थप दुई जनामा कोरोना संक्रमण

सोमबार ०१, असार २०७७

प्रकाशपुर । बराहक्षेत्रमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बराहक्षेत्र नगरपालिकास्थित मधुवनको जनता माविको क्वारेन्टाइनमा रहेका १३ जना र प्रकाश उच्च माविको ३८ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाश माविमा रहेका दुई जनामा कोरोना देखिएको बराहक्षेत्र नगरपालिकाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार बराहक्षेत्र ८ र १० नम्बर वडाका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु केही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बेसका थिए ।

उनीहरुलाई धरानको बी.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको मेहताले बताए ।

1 प्रतिकृयाहरू प्राप्त
  • संजय कबिरथलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ०२, असार २०७७
पोजिटिभ ब्यक्ति सिरियास छैन भने छुट्टाछुट्टै क्वारेन्इटान राखे हुन्छ ।अबस्था बिमारीको हेरेर औषधि दिदा केस नरमल हुनेछ ।बि.पि.हस्पिटल लानु पर्ने भनेको सास फेर्न गारो हुँदा मात्र हो ।आ यु सु मा अलि जटिल बिमारी लादा उत्तम हुन्छ नत्र पोजेटिभ बिमारी ओसारपसार बाट पनि अरुमा सर्ने सम्भावना बढी हुन्छ ।