विपिन बिम्बितका सिर्जनाहरु

Newslaya Home

विपिन बिम्बितका सिर्जनाहरु

शुक्रबार ३०, जेठ २०७७

-मेरो देशमा...........

बलात्कार, घुस खाएनी, दोषी छुटिन्छन् यहाँ
नेता र ठेकदारहरुको साँठगाठले, मजदुर चुटिन्छन् यहाँ

अप्ठ्यारोमा राहत बाँढ्दा, उल्टै समातिन्छन् यहाँ
नेता आफू खान पाए, काम नगरी मातिन्छन् यहाँ ।

आज खुलेआम छोरीचेलीको, अस्मिता लुटिन्छ यहाँ
२१ औं शताब्दीमानी छुवाछुत र जातपातमा दलित कुटिन्छ् यहाँ

पार्टी भित्रै खिचातानी, आफ्नै समूह फुटिन्छ यहाँ
जनता झुक्यादै विदेशीलाई बेच्दै देश लुटिन्छ यहाँ ।

विकास न त आफू गर्छन्, न अरुलाई गर्न दिन्छन् यहाँ
ठूलै काम गरें भन्दै, आफैं आफैं तातिन्छन् यहाँ ।

घुसखोरीको लहरो तल देखि माथिसम्म गाँसिन्छन् यहाँ
ठूलै गल्ति गरेपनि आफू बच्न झुठहरु साँचिन्छन् यहाँ ।।

-मेरी आमा !!!

आमा बास दियौ तिमीले कोखमा
संरक्षण गरी हुर्कायौ तिमीले सुख, दुःखमा

देख्यौ ब्रह्माण्ड यो धर्ती मलाई
भित्री आँखा खुल्न दिई अर्ती मलाई ।

दशधारा दुध तिम्रो खाएर आमा
मातृवात्सल्य पाएर हुर्किए आमा ।

निस्सार छन् सबैकुरा गति आफ्नो पनि
सदावहार तिमी सँगै दङ्ग हुन्छु आमा ।

निष्ठुरी भयौ भनि एकछिन् तिमीले सोच्दा
भकानिन्छ मुटु मेरो, सम्हालिँदै बोल्छु आमा ।

जे दिउँ कमै हुन्छन् शरणमा पर्छु बरु
रित्तिएर मलाई भर्यौ लाखौं सलाम गर्छु आमा ।।

गजलकारः विपिन कटुवाल ‘बिम्बित’
महालक्ष्मी न.पा.–१, धनकुटा