केही शब्दहरु यी गजलहरुमा

Newslaya Home

केही शब्दहरु यी गजलहरुमा

बिहीबार २९, जेठ २०७७

गजल–१

सारा सन्सार अँध्यारो छ, त्यहाँ घुल्नु अब कसरी
अतर झैं उडि हिड्ने, स्पर्समा झुल्नु अब कसरी ।

रित्तिसक्यो हरेक चाहाना, वायु झै उडे आकाङ्क्षाहरु
डाली बाचि कलिलो, हागामा फुल्नु अब कसरी ।

जिन्दगी रित्त्तोपन नै काफी, हुने भोकि साच्चै मेरो
रित्त्तोपन हटाइ खुसी, चेहरामा अब हुल्नु कसरी ।

चारैतिरबाट फलामे तारले ,घेरिएको छ जिबन यहाँ
चाबी हराएको ताल्चा भयो, जीवन खुल्नु अब कसरी ।

ती तिखा काडाहरुले मलाई, धेरै घोचिरहेको थियो
बिश्वास घाती काडेदारको, हेराइमा डुल्नु अब कसरी ।।

गजल–२

साच्चै अब पीडित त्यो, मनलाई प्रिय भुलाउछौ कसरी
पत्थर राखी त्यो फुललाई अब, प्रिय फुलाउछौ कसरी ।

दुनियाँको अगाडि नाटक नगर, सधै दुखी भएर प्रिय
अब आफ्नै कर्तुत पिडालाई, प्रिय लुकाउछौ कसरी ।

चुरिफुरी धेरै थियोे हिजोअस्ति ,मेरो प्यारो मान्छेको
हेर्दै जान्छु अब जिउने जमात,प्रिय जुटाउछौ कसरी ।

ठुलो भुमरि परि उसको , सपना उजाड पारेर गएछ
लौन तिम्रो ढलेको तुजुकलाई, प्रिय उठाउछौ कसरी ।।

गजल–३
स्रोह्र श्रङारझै सजाउने हिराको, हार म दिन सक्दिन
एसि राखी घुमी हिड्ने त्यो, कार म दिन सक्दिन ।

म हिरालाई भन्दा फुललाई ,सजाउने मान्छे हु प्रिय
राजाले झै सजाएको त्यो , दरबार म दिन सक्दिन ।

कयौं मेरा दर्दनाक पिडा, तिमीलाई देखाउने म छैन
अन्तिम घडीमा तिमीलाई हरेक, समाचार म दिन सक्दिन ।

ठुलाठुला चाहानाहरु भन्दा, साना चाहाना बुझ्नु राम्रो हो
हरेक सपना पुरा गर्ने ति खुसी, बारम्बार दिन म सक्दिन ।।

गजलकारः मञ्जु कटुवाल
बराहक्षेत्र न.पा.–७, सुनसरी