इटहरीमा सुत्केरी भेट कार्यक्रम प्रभावकारी बन्दै, सुत्केरीको घर–घर पुगिन् उपमेयर गौतम

Newslaya Home

इटहरीमा सुत्केरी भेट कार्यक्रम प्रभावकारी बन्दै, सुत्केरीको घर–घर पुगिन् उपमेयर गौतम

बुधबार २१, जेठ २०७७

इटहरी । सुनसरीको इटहरीमा सुत्केरी भेट कार्यक्रमको लिएर जनप्रतिनिधिहरु सुत्केरीको घरमा पुग्न थालेका छन् ।

सुत्केरी भेट कार्यक्रम लिएर उपमेयर लक्ष्मी गौतम इटहरी १० कि मनिषा सदा,सुस्मिता चौधरी,निशा मगर र इटहरी ८ की सुगिया हरिजन र लिला सदाको घरमा पुगेकी हुन् ।

लकडाउनकै समयमा सुत्केरी भेट कार्यक्रमको साथमा पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले बताइन् । लकडाउनका समयमा स्थानीय सरकार घरमै आएपछि सुत्केरी, सुत्केरीका परिवार र स्थानीयबासी समेत खुसी भएका छन् ।

लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत उपभोग गर्दै आएका विपन्न सुत्केरीलाई भेटेर आमा बच्चालाई कपडा, दाल, चामल, गेडागुडी, तेल लगायतका खाद्यान्न उपलब्ध गराइएको जनाइएको छ ।

इटहरी अस्पतालमा सुत्केरी गराएका विपन्न वर्गका सुत्केरी महिलाका घर घरमा पुगेर सुत्केरी भेट कार्यक्रम अन्तर्गत कपडा र पौष्टिक आहारा उपलब्ध गराउने गरिएको छ ।

सुत्केरी भेट कार्यक्रम भने इटहरी भित्रका सुत्केरी महिलाहरुमा मात्र लागु हुदैआएको छ । सुनसरी र मोरङका विभिन्न ठाँउबाट इटहरी अस्पतालमा सुत्केरी गराउन आउने गरेका छन् ।