नोबेल अस्पतालले सुनसरीका पत्रकारहरुको उपचारमा ५० प्रतिसत छुट दिने

Newslaya Home

नोबेल अस्पतालले सुनसरीका पत्रकारहरुको उपचारमा ५० प्रतिसत छुट दिने

बुधबार २१, जेठ २०७७

विराटनगर । नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुको उपचारमा ५० प्रतिसत छुट गर्ने भएको छ ।

नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो ।

जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँने भएको प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले जानकारी दिए ।

जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको तर उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस आवश्यक पर्दछ ।

प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले सिफारिसका लागि समन्वय गर्न अनुरोध गरेका छन् ।

एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको हो ।

व्यवसायिक रुपमा सहयोग गर्नका लागि उक्त सम्झौता गरिएको नोबेलका प्रबन्ध निर्देशक शर्माले बताए ।

आजबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।