रुकुममा वडाअध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

Newslaya Home

रुकुममा वडाअध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

बुधबार २१, जेठ २०७७

रुकुम । रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा वडाअध्यक्षकै नेतृत्वमा आक्रमण भएको छ ।

मंगलबार साँझ मादप पदार्थ सेवन गरेका मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष २५ जनाको युवा समूह लिएर चौकीमा आक्रमण गरेको हो ।

खाना खाइरहेको समयमा आक्रमणकारीहरुले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष केसी लगाएतका उनीहरु आक्रमणपछि फरार रहेकाले खोजीकार्य भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

आक्रमणकारीहरुले प्रहरीको हतियार समेत खोसेको तर पछि प्रहरीले बल प्रयोग गरि हतियार फिर्ता गरेको प्रवक्ता तिम्सनाले बताए । चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।