इटहरीका मेयर द्वारिकलाल आफैले चलाए डोजर (भिडियो)

Newslaya Home

इटहरीका मेयर द्वारिकलाल आफैले चलाए डोजर (भिडियो)

बुधबार २१, जेठ २०७७

इटहरी । इटहरी उपमहानगरपालिकाले बर्खा सुरु हुनै लाग्दा बाटो ग्राभेल गर्ने काम थालेको छ । सबै वडाहरुमा पुर्नुपर्ने बाटोहरुको लागि मिसगिटी पठाउने भएको हो ।

इटहरीका मेयर द्वारिकलाल चौधरी आफैले डोजर चलाएर उक्त कामको सुरुवात गरेका छन् ।

लकडाउनको समयमा कहिले खेतबारीमा व्यस्त भएको त कहिले राहत संकलनमा व्यस्त भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने मेयर चौधरीले यो पटक डोजर चलाएको फोटो पोष्ट गरेका छन् । इटहरी उपमहानगरपालिकाको फेसबुक पेजले भिडियो पोष्ट गरेको छ ।