पाँचथरबाट जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

Newslaya Home

पाँचथरबाट जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

बुधबार २१, जेठ २०७७

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिका–४ बाट १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

ओखरबोटे जंगलको छेउमा बाख्रा चराईरहेकी किशारीलाई जबरजस्ती करणी गरेको आरोपमा तुम्वेवा–४ ओलने बस्ने ४० वर्षीय रमेश शर्मालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।