पाँचथरमा खोलाले बगाएका एक व्यक्ति मृत फेला

Newslaya Home

पाँचथरमा खोलाले बगाएका एक व्यक्ति मृत फेला

बुधबार २१, जेठ २०७७

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–२ स्थित काबेली खोलाले बगाएर एक व्यक्तिको ज्यान गएको छ ।

मंगलबार बिहान मलामी गएको समयमा खोलामा पौडी खेल्न पसेका हिलिहाङ–२ धुसेनीका ४५ बर्षीय कुमार बस्नेतलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए ।

खोलाले बगाउँदा बेपत्ता भएका बस्नेतको खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १०० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।