आजदेखि इटहरीमा लकडाउन खुकुलो, बिहान ७ बजे देखि १० बजेसम्म सम्पूर्ण पसल खुल्ने

Newslaya Home

आजदेखि इटहरीमा लकडाउन खुकुलो, बिहान ७ बजे देखि १० बजेसम्म सम्पूर्ण पसल खुल्ने

बुधबार २१, जेठ २०७७

इटहरी । आज देखि इटहरीका सम्पूर्ण पसल तीन घण्टा खुल्ने भएको छ ।

बुधबार बिहान बसेको इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी तथा स्थानीय प्रशासन बिचको बैठकले आजबाट बिहान ७ बजे देखि १० बजेसम्म सम्पूर्ण पसलहरु खोल्ने निर्णय गरेको हो ।

शैक्षिक संस्था, होटल, मठन्दिर, शैलुन, ब्युटिपार्लर, जिम खाना, सिनेमा हललगायत सामुहिक जमघट हुने स्थानहरु भने खुल्ने छैनन् ।

त्यस बाहेकका सबै प्रकारका व्यवसायिक पसलहरु सामाजिक दुरि कायम गरेर खोल्न सकिनेछ । साथै निजि सवारीसाधन समेत चलाउने पाइने छ ।