पत्रकार संगठनहरुद्वारा काँग्रेस प्रमुख सचेतक कार्कीको निन्दा, यस्तो छ कारण

Newslaya Home

पत्रकार संगठनहरुद्वारा काँग्रेस प्रमुख सचेतक कार्कीको निन्दा, यस्तो छ कारण

मङ्गलबार २०, जेठ २०७७

विराटनगर । प्रदेश १ का पत्रकारहरुले नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको निन्दा गरेका छन् । कोरोना भाइरहको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको सहयोगबारे गलत प्रचार गरेको भन्दै निन्दा गरेका हुन् ।

छुट्ट छुट्टै विज्ञप्ती प्रकाशित गर्दै अनलाइन पत्रकार भ्रम सिर्जना गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश १ समिति, प्रेस संगठन मोरंग, अनलाइन मिडिया समुह मोरंगले विरोध जनाएका हुन् ।

स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर कार्कीले संसदबाटै भ्रम फैलाएका थिए । उनले कोरोना महामारीको समयमा पत्रकारलाई ५० लाख बाँडेको भन्दै आलोचना गरेका थिए ।

नेपाल पत्रकार महासंघ १ नं। प्रदेश समितिले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले महासंघमार्फत् दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी गरीएको आरोप लगाएको छ । सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा रकम वितरण गरिएको संघका प्रदेश अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिए ।

सञ्चारमाध्यमले राहतकै रुपमा विज्ञापन पाउँदा त्यसको गलत प्रचारबाजी नगर्न महासंघले आग्रहसमेत गरेको छ ।

प्रेस संगठन १ नंबर प्रदेश समितिले पनि विज्ञप्ति प्रकाशित गर्दै स्वरोजगारमुलक मिडियालाई दिइएको सहयोगको बारेमा नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले व्यक्त गरेको भनाईप्रति आपत्ती जनाएको छ ।

समितिलेसमेत स्वरोजगारमुलक मिडियालाई प्रवद्र्धन गरेको विषयमा अर्नगल प्रचार नगर्न चेतावनी दिएको छ । संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरेको सो विज्ञप्तिमा यो विषयमा अनावस्यक रुपमा प्रचार नगर्न पनि आग्रह गरिएको छ ।

यस्तै अनलाइन मिडिया समुह मोरंगले संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेको छ । विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप प्रदेश सरकारलाई अभारसमेत व्यक्त गरेका छन् । जारी विज्ञप्तीमा कार्कीलाई मिडियाले बहिष्कार गर्ने अवस्था आउनसक्ने चेतावनी दिइएको छ ।

No description available.

No description available.