९ जनाको आरडिटि पोजेटिभ आएपछि भोजपुरको पौवादुङमा गाउँपालिका सील

Newslaya Home

९ जनाको आरडिटि पोजेटिभ आएपछि भोजपुरको पौवादुङमा गाउँपालिका सील

मङ्गलबार २०, जेठ २०७७

भोजपुर । पौवादुङमा गाउँपालिकाको एउटै वडाका ९ जनामा आरडिटि पोजेटिभ देखिएपछि गाउँपालिका सील गरिएको छ । २६ जनाको आरडिटि परीक्षण गरेकोमा ९ जनाको आरडिटि पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

एउटै वडामा धेरै जनामा पोजेटिभ देखिएपछि पौवादुङमा गाउँपालिकामा सील गरिएको हो । उनीहरुको स्वाव संकलन गर्ने भनिए पनि स्वास्थ्य सामाग्री अभाव भएका कारण तत्काल स्वाव संकलन गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको अध्यक्ष राईले बताए ।