आज थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

Newslaya Home

आज थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

मङ्गलबार २०, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २,०९९ पुगेको छ ।

मंगलबार दिउँसो सम्ममा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २,०९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८८ जनामा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमण देखिएकामध्ये १९४९  जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन् ।

सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ ।