बैतडीको क्‍वारेन्टाइनमा एक महिलाको मृत्यु

Newslaya Home

बैतडीको क्‍वारेन्टाइनमा एक महिलाको मृत्यु

मङ्गलबार २०, जेठ २०७७

कैलाली । बैतडीको क्‍वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविको क्‍वारेन्टानमा बसेकी २२ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

उनी १६ जेठमा कैलालीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएकी थिइन् । उनी नेपाल आउनुअघि श्रीमानसहित भारतको पन्जाबमा बस्थिन् ।

मृतकका श्रीमानका अनुसार मुटु रोगी उनले १२ दिनदेखि औषधि सेवन गर्न पाएकी थिइनन् ।

मृतकको स्वाब संकलन गर्ने तयारी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनको स्वाव संकलनका लागि स्वास्थ्यकर्मीको टोली पुगिसकेको बताए।