२ सय ६४ जना नेपाली अमेरिका फर्किए

Newslaya Home

२ सय ६४ जना नेपाली अमेरिका फर्किए

मङ्गलबार २०, जेठ २०७७

काठमाडौं । लकडाउन अघि नेपाल आएका अमेरिकामा स्थायी बसोबास गर्ने २ सय ६४ जना नेपाली मंगलबार अमेरिका फर्किएका छन् । तीमध्ये सात जना बालबालिका छन् ।

उनीहरूलाई लिन टर्किस एअरको चार्टर विमान आज बिहान काठमाडौं आएको हो ।

बिहान पौने सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको उक्त विमान पौने नौ बजेतिर अमेरिकातर्फ प्रस्थान गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावाससँगको समन्वयमा स्काइलाइन टुर्स एण्ड ट्राभलले विमान चार्टर गरेको हो ।

यसअघि पनि अमेरिकी दूतावासले प्रेसिडेण्ट ट्राभल एण्ड टुर्ससँगको समन्वयमा कतार एअरवेजको विमानबाट नेपालमा रहेका अमेरिकी र नेपालीलाई अमेरिका पठाएको थियो ।