भारतमा कोरोना संक्रमणबाट एकै दिनमा दुई सय जनाको मृत्यु

Newslaya Home

भारतमा कोरोना संक्रमणबाट एकै दिनमा दुई सय जनाको मृत्यु

मङ्गलबार २०, जेठ २०७७

काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरसको संक्रमणबाट दुई सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको कुल संख्या एक लाख ९८ हजार ३७० पुगेको छ ।

यीमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् भने ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ ।

लामो समयको लकडाउनलाई भारतले हिजो ९सोमबार० देखि खुकुलो बनाउँदै लगेको छ ।