एकैपटक ४४ सहसचिव र उपसचिवको सरुवा

Newslaya Home

एकैपटक ४४ सहसचिव र उपसचिवको सरुवा

मङ्गलबार २०, जेठ २०७७

काठमाडौं । सरकारले एकैपटक ४४ जना सहसचिव र उपसचिवको सुरुवा गरेको छ । आइतबारको मन्त्रिपरिषद निर्णय अनुसार ४४ सहसचिव र उपसचिवको सरुवा गरिएको हो ।

सुर्खेत प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पा सुरुवा गरिएको छ । पाल्पाका प्रजिअलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको प्रजिअमा पठाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सप्रजिअ÷उपसचिव कृष्णबहादुर कटुवाल महोत्तरीमा प्रजिअ (रा.प.द्धि)का रुपमा सरुवा भएका छन् । त्यस्तै बर्दियाका प्रजिअ सिंहदरबारमा सरुवा भएका छन् ।