कोशीको धार परिवर्तन गर्न प्रभावकारी बन्दै प्रोको पाइन

Newslaya Home

कोशीको धार परिवर्तन गर्न प्रभावकारी बन्दै प्रोको पाइन

- बाबुराम कार्की
मङ्गलबार २०, जेठ २०७७

प्रकाशपुर । सप्तकोशीको पूर्वी तटबन्ध किनार आसपासमा लगाएको प्रोको पाईनले पानीको बहाव मात्रै रोकेको छैन, कोशीको धारै परिवर्तन गर्दै आएको छ ।

प्रत्येक वर्ष वर्षाको ४ महिना (जेष्ठ, अषाड, श्रवण, भदौ) कोशी आसपास वर्षौ देखि वसोवास गर्दै आएका स्थानीयमा भएको डर र चिन्ता लाई प्रोको पाइनको कामले केहि खुसी बनाएको छ ।

प्रत्येक वर्षा बर्खा महिना कोशीले के गर्ने होला भन्दा पनि भारतीय (कोशी पोजेक्ट) ले यसपाली पूर्वी तटबन्ध मा कतिको राम्रो काम ग¥यो भन्ने चिन्ता स्थानीयहरुमा मडारी रहन्छ ।

के हो प्रोको पाइन ?
नदी किनारको तटबन्ध जोगाउन बालुवा, गिटी र सिमेन्ट र रडको प्रयोग गरेर बनाएको तिनवटा पिल्लरलाई त्रिभुज आकारमा नट बल्टुले कसेर बनाएको त्रिखुट्टी नै प्रोको पाइन हो । प्रोको पाइन लहरै हालेर बाँस अड्काएपछि बालुवा, गिटी, ढुङ्गा (ग्रेगर) प्रोकोपाइन मुनि थ्ग्रिन्छ र तटबन्धलाई मजबुत बनाउछ ।

कटान लाग्दैछ भने पानीको बेग रोक्न प्रोको पाइन लगाइन्छ । प्रोकोपाइन लगाएको ठाँउमा बालुवाले सिल गर्छ र कटान रोक्छ , लामो समयदेखि कोशी तटबन्धमै काम गर्दै आएका गोपाल राई बताउछन् । तटबन्ध मजबुत बनाउन र कटान रोक्न प्रोको पाइनले ठुलो मद्दत गरेको छ ।

स्थानीय महेन्द्र लिम्बु भन्छन्, ‘कौवाटोलीको नोज भन्दा अगाडिबाट पानी पश्चिम गयो । सिमेन्टको पिल्लर राखेर के कोशी छेक्छ र जस्तो लागेको थियो । गत वर्षको भेलले सबै प्रोकोपाइन पुरिदियो र त्यो भन्दा अगाडिबाट कोशी कुद्न थालेको छ । सबै किनारमा प्रोको पाइन लगाउने हो भने स्पर र तटबन्धमा कटान हुँदैन थियो ।’

कोशीको धार परिवर्तन
कोशीटापु वन्यजन्तु आरक्षको उत्तरी सीमामा रहेको २३ः५२ स्पर अगाडिको भङ्गालो छेक्न चार, पाँच वर्ष लगाएर प्रोको पाइन हालेर भङ्गालोलाई पूर्वी तटबन्ध भएर बग्ने पानीलाई पश्चिमतर्फ धकेल्यो । मधुवन सब डिभिजनले दुई वर्ष अगाडि भङ्गालोलाई फर्काएको स्थानीय बताउछन् ।

अहिले राजाबास सबडिभिजनले २५ः२५, २६ः४०, २६ः८८, २७ः१० स्पर अगाडि र तटबन्ध किनारमा प्रोको पाइन लगाएको छ । प्रोको पाइन लगाइएका स्परहरु ग्रेगर जम्मा भएर उच्च हुने भएकाले कोशीले आफ्नो धार परिवर्तन गरेको गोपाल राई बताउछन् । उनले भने धरहरा टपन अगाडिको २३ः७८ नोज अगाडि गत वर्षदेखि पानी छैन । त्यो नोजमा पानी ठोकीएर जाने गरेकोे थियो ।

स्पर र तटबन्ध नजिक बाढी आएको बेला पानी आउथ्यो । गत वर्षदेखि यो स्पर भन्दा केहि अगाडिका स्परबाट कोशीलाई प्रोको पाइनको साहाराले पश्चिम धार परिवर्तन ग¥यो । अहिले पनि सबै स्पर अगाडि प्रोको पाइन र बास लगाउने काम भएको राईले बताए ।

राजाबास सबडिभिजनले गत वर्ष लगाएको स्परहरुमै थप मजबुत बनाउन १० हजार प्रोको पाइन यस पटक लगाएको छ । चक्रघट्टी सबडिभिजनले यस वर्ष झण्डै ३० हजार प्रोको पाइन पिल्लर लगाएको राईले बताए । यसरी प्रोको पाइन लगाएको स्थानमा अर्काे वर्ष पुरै बालुवा, माटो भरिने गर्छ र कोशीले आफ्नो बाटो परिवर्तन गर्छ ।

कोशीमा प्रोको पाइन सन् २००९ देखि नै लाउदै आएको छ । प्रत्येक वर्ष कटानको अवस्था हेरेर पुरानो ठाँउ र नयाँ ठाँउमा विस्तार गर्दै लाने गरेको छ । कोशी प्रोजेक्ट अन्तर्गत चक्र्रघट्टी सब डिभिजन, राजाबास सबडिभिजन, मधुवन सबडिभिजन, कुशाह सबडिभिजनले कोशी व्यारेज देखि चतरासम्म हेर्दै आएको छ ।

स्थानीय बासी भन्छन् यस्तै गरी प्रोको पाइन लगाउदै जाने र कोशीले धार परिवर्तन गर्दै जाने हो भने अवको केहि वर्षपछि पूर्वी तटबन्धमा पानी नै हुँदैन । कोशीले यसैगरी पूर्वी तटबन्धको धार छोड्र्दैै गए तटबन्ध र स्परको आयूसमेत लम्विने थियो ।

No description available.

No description available.