धरानकी एक महिला सहित १८ जना कोरोना जितेर घर फर्किए

Newslaya Home

धरानकी एक महिला सहित १८ जना कोरोना जितेर घर फर्किए

मङ्गलबार २०, जेठ २०७७

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट सोमबार राति डिस्चार्ज गरेर घर पठाइएको हो । निको भएर घर फर्किएकाहरुमा १ जना धरान–१३ की महिला रहेकी छिन् भने अन्य सबै झापाका हुन् ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको थियो । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमितहरु छन् । ती सबै झापाका हुन् ।