थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

Newslaya Home

थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ सय ११ पुग्यो

सोमबार १९, जेठ २०७७

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टिको जानकारी गराएको हो ।

कोरोना संक्रमित हुनेमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा गाउँपालिकाका २६ वर्षका पुरुष, कपिलवस्तु मायाँदेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षका पुरुषहरु र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुष रहेको मन्त्रलयले जनाएको छ ।