संखुवासभामा ट्याक्टरबाट लडेर एक युवतीको मृत्यु

Newslaya Home

संखुवासभामा ट्याक्टरबाट लडेर एक युवतीको मृत्यु

सोमबार १९, जेठ २०७७

खाँदबारी । संखुवासभाको डाँगीगाउबाट चैनपुर तर्फ जाँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको दुर्घटनामा ट्याक्टरमा सवार रहेकी चैनपुर नगरपालिका–५ की २१ बर्षीया पेम्बा ल्मु शर्पाको लडेर मृत्यु भएको हो ।

अचानक ट्याक्टरबाट लडेर घाईते भएकी उनलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।