बलिउड संगीतकार वाजिद खानको निधन

Newslaya Home

बलिउड संगीतकार वाजिद खानको निधन

सोमबार १९, जेठ २०७७

काठमाण्डौ । बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको मृत्यु भएको छ ।

४२ वर्षको उमेरमा सोमबार(आज) बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । केही दिन अगाडि उनमा कोरोना पोजेटिभ समेत पुष्टि भएको थियो। उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। उनले केही महिना अगाडिमात्र मिर्गौला प्रत्यारोपण गरेका थिए।

वाजिद आफ्नै दाइ साजिद खानसँग जोडीका रुपमा इन्डस्ट्रीमा सक्रिय थिए। सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’बाट बलिउडमा डेब्यू गरेको यो सांगीतिक जोडीले हेलो ब्रदर, तुम्को ना भूल पाएंगे, गर्व, मुझ्से सादी करोगे, वीर, दबंगका तीन संस्करण लगायत फिल्ममा गीत संगीत दिएका थिए ।