बाँकेमा मध्यराति भयानक दुर्घटना : ११ जनाको मृत्यु, २२ जना घाइते

Newslaya Home

बाँकेमा मध्यराति भयानक दुर्घटना : ११ जनाको मृत्यु, २२ जना घाइते

सोमबार १९, जेठ २०७७

बाँके । बाँकेमा आइतबार मध्यराति भएको दुर्घटनामा परी कम्तिमा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी २ स्थित ठुरिया जंगलमा रोकीराखेको ट्रकमा यात्रु सवार हाइस ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइतेहरुलाई भेरी अस्पताल लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको हाइसमा भारतका विभिन्न सहरबाट फर्किएका ३३ जना सवार थिए । उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरेर घर पठाइँदै गर्दा गाडी दुर्घटनामा परेको हो ।