दक्षिण कोरियामा सञ्चालनमा आएको दुई दिन नबित्दै बन्द भए दुई सय विद्यालय

Newslaya Home

दक्षिण कोरियामा सञ्चालनमा आएको दुई दिन नबित्दै बन्द भए दुई सय विद्यालय

आइतबार १८, जेठ २०७७

एजेन्सी । । दक्षिण कोरियामा सञ्चालनमा आएको दुई सय विद्यालय पुनः बन्द गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको रफ्तार बढेपछि गत बुधबारबाट सञ्चालनमा आएको विद्यालयहरु केही दिन नबित्दै बन्द गरिएको हो ।

भाइरस सङ्क्रमणको जोखिम घटेपछि सञ्चालन गरिएको विद्यालयमा हजारौँ विद्यार्थी पुगेको भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला फेला परेको हो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला पछि राजधानी सियोलमा निर्धारण गरिएको ११७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ ।

शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला परेसँगै दक्षिण कोरियामा सङ्क्रमित हुनेको संख्या ११ हजार ४०२ पुगेको छ । सन् २०१९ को अन्त्य तथा जनवरी महिनामा दक्षिण कोरिया विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्रको रुपमा देखा पर्यो ।

तर ‘ट्रेस, टेष्ट र ट्रिट’को नीति कठोरतापूर्वक लागू गर्दा कोरियाले एक महिनाभित्रै सङक्रमण नियन्त्रणमा ल्याएको छ ।