इटहरीमा रहेका सबै बैँकहरु सञ्चालन हुने

Newslaya Home

इटहरीमा रहेका सबै बैँकहरु सञ्चालन हुने

आइतबार १८, जेठ २०७७

इटहरी । सुनसरीको इटहरीमा रहेका सबै बैँकहरु सञ्चालनमा आउने भएको छ ।

बैंकहरुमा भिडभाड हुने भएकाले सार्वजनिक बिदाको दिन बाहेक अन्य सबै दिन बैँक खुल्ला गरिने भएको हो ।

सँधै खुल्ला रहेमा भीड कम हुने भएकाले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन इटहरीका बैँक खुल्ला गरिने निर्णय भएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताईन् ।