थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

Newslaya Home

थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

आइतबार १८, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

आइतबार दिउँसो सम्ममा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको हो ।

आज थपिएका १ सय ६६ जना कोरोना संक्रमित मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर विकास देवकोटाले जानकारी दिए ।