धरान उपमहानगरले ३ प्रतिशत नगरबासीको पिसिआर परीक्षण गर्ने

Newslaya Home

धरान उपमहानगरले ३ प्रतिशत नगरबासीको पिसिआर परीक्षण गर्ने

आइतबार १८, जेठ २०७७

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले ३ प्रतिशत नगरबासीको पिसिआर परीक्षण गर्ने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले यस भन्दा अघि कुल जनसङ्ख्याको २ प्रतिशत भनिँदै आएकोमा त्यो थोरै हुने भन्दै ३ प्रतिशतको पिसिआर विधिद्वारा कोरोना परीक्षण गरिने निर्णय गरेको हो ।

पिसिआर परीक्षण गर्नकालागि भिटिएम खरिद गर्ने पनि निर्णय भएको जनाइएको छ । सार्वजनिक महत्त्वको यो एजेन्डा पारित भएपछि भने कार्यपालिका बैठकले अर्को एजेन्डामा निर्णय नभएको बताइएको छ ।

बैठकमा धरानका खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाउने अर्को एजेन्डामा प्रवेश गर्नुअघि नै कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले खानेपानी संस्थानलाई बोर्डमा गाँभ्न किन ढिलाइ भएको भन्दै कुरा उठाउन थालेपछि थप एजेन्डामा छलफल हुन नपाई कार्यपालिका बैठक स्थगित भएको ९ नम्बरका वडाध्यक्ष रत्न कटुवालले बताए ।