बालसुधार गृह विराटनगरमा एक जना कैदीको मृत्यु

Newslaya Home

बालसुधार गृह विराटनगरमा एक जना कैदीको मृत्यु

आइतबार १८, जेठ २०७७

विराटनगरको बालसुधार गृहमा ताप्लेजुङका एक कैदीको मृत्यु

विराटनगर । मोरङको विराटनगरमा रहेको बालसुधार गृहमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ का १७ वर्षीय विनम सावाँको आइतबार बिहान मृत्यु भएको हो ।

कर्तव्य ज्यान मुद्दामा २०७६ पुस २६ गतेबाट कैद सजाय भुक्तान गरिरहेका विनम केही समयदेखि मृगौलाको समस्याबाट पीडित रहेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

झाडापखाला हुनुका साथै वान्ता भएपछि उनलाई शनिबार विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । दुवै मृगौलाले काम गर्न छाडेपछि विनमको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको चिकित्सकले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङले उनीविरुद्ध १६ वर्ष कैद सजायको फैसला गरेको थियो ।