बाँदरहरूले लुटे कोरोना परीक्षण स्याम्पल, संक्रमण फैलिने डर

Newslaya Home

बाँदरहरूले लुटे कोरोना परीक्षण स्याम्पल, संक्रमण फैलिने डर

आइतबार १८, जेठ २०७७

काठमाण्डौ । भारतको एक मेडिकल कलेजमा बाँदरहरूले कोरोना भाइरसका परीक्षण स्याम्पलहरू लिएर भागेका छन् । उनीहरूले प्रयोगशालाका प्राविधिकलाई आक्रमण समेत गरेका छन् ।

बाँदरहरूले उत्तर प्रदेशको मेरठ मेडिकल कलेजबाट तीनवटा टेस्ट स्याम्पलहरू लिएका हुन् । एकजना प्राविधिकले ती स्याम्पलहरू लिएर गइरहेको बेलामा एउटा बाँदरले हातैबाट खोसेर नजिकैको रुखमा बसेर चपाएका थिए ।

बाँदरहरूले स्याम्पललाई लिएर यताउता हिँडेकाले त्यस वरिपरिका क्षेत्रका मानिसमा भाइरस फैलिने डर देखिएको छ ।