सुन्दरहरैंचामा भएको सवारी दुर्घटनामा घाइते एक महिलाको मृत्यु

Newslaya Home

सुन्दरहरैंचामा भएको सवारी दुर्घटनामा घाइते एक महिलाको मृत्यु

आइतबार १८, जेठ २०७७

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा भएको सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

वैशाख २७ गते को ३१ प ३११७ नम्बरको स्कुटर र प्रदेश १–०२ –००२ ह ८५३० नम्बरको सिटी सफारी एक आपसमा ठोक्किएर दुर्घटनामा भएको हो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी सुन्दरहरैंचा–१० की ४० वर्षीया अनिता न्यौपानेको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

सफारी चालक सुन्दरहरैंचा नगरपालिका–९ का खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।