२ बर्षीया बालिकाको कोरोनाबाट मृत्यु

Newslaya Home

२ बर्षीया बालिकाको कोरोनाबाट मृत्यु

आइतबार १८, जेठ २०७७

बाजुरा । बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ ।

बुढिगंगा–१ घर भएकी २ बर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

मृतक बालिकाकी २३ बर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।

बालिका पखाला, ज्वरो, श्वासप्रश्वास समस्याबाट ग्रसित रहेकी थिइन् । ८ दिन अगाडी उनको परिवार भारतबाट आएका थिए । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो । बच्चा बिरामी भएपछि बिहिवार साझ सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो ।