विराटनगरमा लागुऔषध सहित एक जना पक्राउ

Newslaya Home

विराटनगरमा लागुऔषध सहित एक जना पक्राउ

आइतबार १८, जेठ २०७७

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान बिराटनगर–१४ का ४१ बर्षीय संजय यादवलाई पक्राउ गरेको हो ।

उनको साथबाट डाईलक्स डि.सी १०० एम.एल.को ३१ बोतल, spas-tirancan Plus (स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट्राभेटचक्की बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरी जनाएको छ ।