कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन

Newslaya Home

कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन

आइतबार १८, जेठ २०७७

काठमाण्डौ । कलाकार जयनेन्द्र चन्द ठकुरीको आइतबार (आज) निधन भएको छ । उनको आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

कलाकार ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । उनी आफ्नो छोरीको साथमा रहँदै आएका थिए । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीलाई सुगर लगायतको रोग समेत थियो ।

कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । सय भन्दा बढी चलचित्रमा अभिनय गरेका ठकुरीले केही सिरियलमा समेत काम गरेका छन् । चार दशक भन्दा लामो समयदेखि उनी कलाकारितामा सक्रिय थिए ।