डडेल्धुराको क्‍वारेन्टाइनमा बसेका एक बालकको मुत्यु

Newslaya Home

डडेल्धुराको क्‍वारेन्टाइनमा बसेका एक बालकको मुत्यु

आइतबार १८, जेठ २०७७

डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का साढे ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट केही दिन अघि मात्र डडेल्धुरा पुगेका थिए । बालक रातिनै गम्भिर बिरामी भएपछि डडेल्धुरा अस्पताल पुर्याइएको थियो । डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो ।

ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने विष्ट जानकारी दिए ।