डब्लुएचओसँगको सम्बन्ध समाप्त गर्ने घोषणापछि ट्रम्पको तीव्र आलोचना

Newslaya Home

डब्लुएचओसँगको सम्बन्ध समाप्त गर्ने घोषणापछि ट्रम्पको तीव्र आलोचना

आइतबार १८, जेठ २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेपछि उनको आलोचना भएको छ ।

अमेरिकासहित विभिन्न देशमा ट्रम्पको तीव्र आलोचना भइरहेको हो । युरोपियन युनियन (इयु) ले ट्रम्पलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको छ ।

जमर्नीका स्वास्थ्य मन्त्रीले ट्रम्पको घोषणा अन्तर्राष्ट्रिय स्वास्थ्यका लागि गम्भीर निरासाको कुरा रहेको बताएका छन् ।

अमेरिकी सिनेटको स्वास्थ्य कमिटिका प्रमुख, ट्रम्प जस्तै रिपब्लिकनले अहिले डब्लुएचओबाट बाहिरिने बेला नरहेको बताएका छन् ।

ट्रम्पले डब्लुएचओ कोरोना भाइरसको महामारीलाई लिएर चीनलाई जिम्मेवार एवम् पारदर्शी बनाउन असफल रहेको आरोप लगाउँदै सम्बन्ध समाप्त गर्ने घोषणा गरेका हुन् ।

बेलायत, दक्षिण अफ्रिकासहितले पनि ट्रम्पको घोषणाको आलोचना गरेका छन् ।