देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

Newslaya Home

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

आइतबार १८, जेठ २०७७

काठमाडौं । आइतबार पनि देशका पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार बिहान देशैभर मौसम बदली भइसकेको छ ।

पूर्वी क्षेत्रमा बिहानैदेखि वर्षाको सम्भावना रहेको र मध्य तथा पश्चिमी क्षेत्रमा भने अपराह्नपछि वर्षा हुने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।

मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको उनले बताइन् ।

प्रिमनसुन भएकाले साथमा हावाहुरी, मेघगर्जन÷चट्याङ सम्भावना पनि उत्तिकै हुने मौसमविद्ले बताएका छन् ।