थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्किए

Newslaya Home

थप १३ जना कोरोना संक्रमित निको भएर घर फर्किए

शनिबार १७, जेठ २०७७

काठमाडौं । शनिबार मात्र १३ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरु डिस्चार्ज भएका हुन् । यससँगै अहिलेसम्म २ सय १९ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म पिसिआर ६६ हजार ७२ जना र एक लाख सात हजार ५५ जनाको परीक्षण गरिएको छ।