नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

Newslaya Home

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

शनिबार १७, जेठ २०७७

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु भएको छ ।

दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • rabindra budhaलेख्नुहुन्छ
  • |
  • आइतबार १८, जेठ २०७७
नेपालमा आइसुलेसन कक्षको व्यवस्था हुँदा नि किन मान्छे बद्दै गएका छ्न यस्मा सरकारको ध्यान जावस