इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Newslaya Home

इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार १७, जेठ २०७७

इलाम । इलामको साखेजुङ भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो ढुंगा लिन जाने क्रममा मे १ त ४१०३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा इलाम–१ साकेजुङका ३२ बर्षीय योगेस मगरको मृत्यु भएको हो ।

बाटोदेखी अन्दाजी ३० फिट तल खस्दा गम्भीर घाइते भएका ट्याक्टर चालक मगरलाई उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

सोही ट्याक्टरमा रहेका निमा शेर्पा र आकास राई घाईते भएकोमा उनिहरुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।