क्वारेन्टिनमा रहेकी एक महिलाले बच्चा जन्माइन्

Newslaya Home

क्वारेन्टिनमा रहेकी एक महिलाले बच्चा जन्माइन्

शनिबार १७, जेठ २०७७

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले बच्चा जन्माएकी छन् ।

सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति बच्चा जन्माएकी हुन् ।

कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको वडा सदस्य ललित थापाले जानकारी दिए ।

क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले बताइन् ।