थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १ हजार ४०१ पुग्यो

Newslaya Home

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १ हजार ४०१ पुग्यो

शनिबार १७, जेठ २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय एक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना महिला र १८५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक हजार चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कुल कोरोना निको हुनेको संख्या २१९ पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएका १ हजार १७६ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६६ हजार ७२९ नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।