संखुवासभाको दुई जनामा कारोना पुष्टि, आइसोलेसनमा लाने तयारी

Newslaya Home

संखुवासभाको दुई जनामा कारोना पुष्टि, आइसोलेसनमा लाने तयारी

शनिबार १७, जेठ २०७७

संखुवासभा । संखुवासभाको खाँदबारी–७ का २३ वर्षीय र पाँचखपन–१ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा दुवै जनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखिएको स्वास्थ्य कार्यालय संखुवासभाका प्रवत्ता रोषण श्रेष्ठले जानकारी दिए ।

खाँदबारी–९ तुम्लिङटारको क्वारेन्टाइनमा राखिएका ७ जना मध्ये दुई जना पुरुषमा कोरोना पुष्टि भएपछि एम्बुलेन्समार्फत आइसोलेसनमा लाने तयारी गरिएको छ ।

सुनौली नाकाबाट उद्धार गरेर ल्याइएको ७ जनाको स्वाब परिक्षणका लागि बुधबार धरान पठाइएको थियो । उनीहरुलाई १३ गते संखुवासभा ल्याइएको थियो। जिल्लामा पहिलो पटक भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।